रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता « Khabarhub

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता हासिल गरेको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार करिब ७१ प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ५७ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेको छ। राज्य डुमाका ४५० सिटका लागि भएको यो निर्वाचन सन् २०२२ मा युक्रेनमाथि रुसले ठूलो सैन्य कारबाही सुरु गरेपछि भएको पहिलो संसदीय निर्वाचन हो।

प्रारम्भिक परिणामअनुसार कम्युनिस्ट पार्टीले १४ प्रतिशत र राष्ट्रवादी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपिआर)ले आठ दशमलव सात प्रतिशत मत प्राप्त गरेका छन्। सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ युनाइटेड रसिया पार्टी दुई तिहाइ बहुमत कायम राख्ने दिशामा देखिएको छ।

युद्धविरोधी याब्लोको पार्टीलाई निर्वाचन हुनुभन्दा केही साताअघि सर्वोच्च अदालतले सङ्घीय सूचीमा उम्मेदवारी दिन रोक लगाएको थियो। यद्यपि उसका केही उम्मेदवारले एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए। रुसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको थियो।

मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार करिब एक हजार छ सय ड्रोन प्रहार भएकामा चार सय ५० राजधानी मस्कोतर्फ लक्षित थिए। आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको तथा आवासीय भवन र तेल प्रशोधन केन्द्रमा क्षति पुगेको बताइएको छ।

यसैबीच, रुसी निर्वाचन पूर्वाधारमाथि एक हजारभन्दा बढी चरणमा डीडीओएस साइबर आक्रमण भएको केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले बताएकी छन्। उनका अनुसार कृत्रिम बौद्धिकता प्रयोग गर्ने समन्वित समूह साइबर आक्रमणमा संलग्न भएको देखिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ड्रोन आक्रमण प्रभावकारी भएको बताएकी छन् भने रुसी रक्षा मन्त्रालयले त्यसको प्रतिक्रियामा किएभमा सैन्य लक्ष्यविरुद्ध आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ।

निर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ३६ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा