रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो « Khabarhub

रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले दसैँका बेला हवाई भाडा अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडक अवरुद्ध हुँदा सुदूरपश्चिम जाने हवाई टिकटको भाडा झन् महँगिएको गुनासो गरिन् ।

उनले व्यङ्ग्यात्मक शैलीमा आन्तरिक हवाई उडानको भाडा जहाजभन्दा छिटो माथि उडिरहेको टिप्पणी गरिन् । दसैँमा घर फर्किने यात्रुको चाप र बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा एयरलाइन्सले माग र आपूर्तिको आधारमा भाडा निर्धारण गरे पनि नागरिकका लागि त्यो बाध्यताको मूल्य बनेको उनको भनाइ थियो ।

‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो,’ उनले भनिन्, ‘दिल्लीभन्दा सुदूरपश्चिमलाई सस्तो बनाइदिनुहोस्।’

सांसद अवस्थीले एयरलाइन्स कम्पनीहरूलाई पनि नागरिकको बाध्यताको फाइदा नउठाउन आग्रह गरिन् । उनले भनिन्, ‘भाडा होइन, जहाज उडाउनुहोस् । नाफा कमाउनुहोस्, नागरिकको बाध्यता होइन।’

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ५८ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक