एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’ « Khabarhub

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिन्डिकेट लगाएका छन् । कसैले बोल्दा समेत अध्यक्षको अनुमति लिनुपर्ने र रोकिँदा पनि ओलीको अनुमतिमा रोकिनुपर्ने भएपछि कम्युनिस्ट पार्टीमा वाक स्वतन्त्रता हनन भएको भन्दै नेताहरू तनावमा देखिएका हुन् । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलबीच दुरी बढेपछि अहिले ओलीले नै केन्द्रीय कमिटी बैठकलाई सञ्चालन गरिरहेका छन् ।

उनले केन्द्रीय कमिटी बैठकको सुरुवाती अवस्थामा सम्बोधनका क्रममा पनि अध्यक्षको अनुमति लिएर बोल्नुपर्ने कुरा राखेका थिए । बैठकमा ओलीका बारेमा बोल्न थालेपछि केन्द्रीय कमिटी सदस्य कृष्ण गोपाल श्रेष्ठलाई रोकिएको थियो । त्यसपछि श्रेष्ठले काहीँ नभएको जात्रा यहीँ मात्रै भएको भन्दै आक्रोशित बनेका थिए ।

उनलाई स्वयंसेवकले समेत रोकेपछि स्वयंसेवकलाई तिमीहरू को हो ? भन्दै थर्काएको बैठकमा उपस्थित नेताहरुले जानकारी दिएका छन् । अहिले ओलीको कार्यशैलीलाई लिएर केन्द्रीय कमिटी बैठकमा नेताहरू तीव्र असन्तुष्ट देखिएका छन् । ओलीको अनुमतिबेगर हलचल गर्न नपाएपछि नेताहरूले आफ्नो स्वतन्त्रता र पार्टीको नीति सिद्धान्त विपरीत काम भएको आरोप लगाइरहेका छन् ।

आजको बैठकमा अध्यक्ष आफैंले नेताहरूलाई कडाइ गरेपछि यस्तो बैठक काहीँ नभएको भन्दै कृष्ण गोपाल लगायतका नेताहरु असन्तुष्ट रहेको देखिन्छ । अरु शीर्ष नेताहरू रघुजी पन्त, विष्णु रिमाल लगायतले पनि असन्तुष्टि व्यक्त गरिरहेका छन् । पार्टीका युवा पंक्तिले समेत शीर्ष नेताहरूलाई ओलीको कार्यशैलीलाई लिएर विभिन्न हाउभाउ प्रस्तुत गरिरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘अध्यक्षज्यूले पूरै सिन्डिकेट लगाउनुभएको छ । बोल्ने बेला पनि उहाँको पर्मिसन लिनुपर्ने र अन्त्य गर्दा पनि उहाँले रोक्न भनेपछि रोकिनुपर्ने अवस्था छ । केही साथीहरुसँग त अध्यक्षज्यूको भनाभनै भयो । यस्तो अवस्था त कहिँ पनि देखिएको थिएन ।’ बैठकबाट ती नेताले भने, ‘अब पनि अध्यक्षज्यू नसुध्रिएपछि हामीले पार्टीमा हार खाने स्थिति छ । त्यसकारण जसरी पनि पार्टीमा नेतृत्व पुनर्गठनको बहसलाई अब व्यापक उठाउनुपर्ने स्थिति आयो ।’

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ३ : १० बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि