खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ « Khabarhub

खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन् । 

निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढाएपछि राखेपले पटक–पटक सचेत गराएको र अटेरीपछि परिषद्को २०८२ चैत ११ गतेको निर्णयअनुसार ऐनको दफा २९ (२) बमोजिम एन्फालाई निलम्बन गरिएको उनले बताए । 

पछि एन्फाबाट परेको निवेदनउपर कारबाही गर्दै २०८३ जेठ १ गते सो निलम्बन फुकुवा गरिएको उनले जानकारी दिए ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन अनुसार दिएको निर्देशनलाई फिफाले ’तेस्रो पक्षको हस्तक्षेप’  ठहर गरेको र यसैका आधारमा फिफाले आफ्नो विधान बमोजिम सूचना नभएसम्मका लागि एन्फालाई निलम्बन गरेको जानकारी गराएको उनले बताए । 

त्यस्तै, मन्त्री पोखरेलले नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्याण्डमा उपचाररत आशिष राईलाई राखेपको स्वीकृत बजेटको सीमाभित्र रहेर उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : २२ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया