बाढीमा बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार « Khabarhub

बाढीमा बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाल्पा– भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका  पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।  

तीन सातासम्म उनीहरूको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्पराअनुसार दाहसंस्कार गरेका हुन् ।

रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३ र वसन्तपुर (कालीगण्डकी गाउँपालिका–३, वइघा, स्याङ्जा) का तिलबहादुर रानाको  परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । 

रिब्दीकोट गाउँपालिका–३ का नेपालको आइतबार परिवारले रिडीस्थित कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको छ । तीन हप्तासम्म सम्पर्कमा नआएपछि हिन्दु संस्कारअनुसार अन्त्येष्‍टि गरिएको उनका आफन्त निलम गौतमले बताइन् । 

विकास  रसुवास्थित एक हाड्रोपावरमा टिपर चालकका रुपमा कार्यरत थिए। तिनाउका थापाको शनिबार बेपत्ता भएको २४ दिनपछि दोभान खोलाको बञ्चरे पहाड घाटमा हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको जनाएको छ । 

थापाका एक छोरा छन् । थापा रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।  त्यसैगरी, भोटेकोशी बाढीमै बेपत्ता तानसेन लामडाँडाकी निलम लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत थिए। उनको पनि कालीगण्डकी नदीमा कुशको शव बनाएर दाहसंस्कार गरिएको परिवारले जनाएको छ । 

तानसेन नगरपालिका–३, बसन्तपुर बस्दै आएका स्याङ्जाका रानाको पनि कुशको शव बनाई दाहसंस्कार गरिएको छ । उनी कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र, स्याङ्जाको बेलाटारीमा कार्यरत थिए । 

बाढीका कारण सम्पर्कविहीन भएका पाल्पाका ११ जना मध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको शव पहिचान भएको छ । 

सम्पर्कविहीन रैनादेवी छहरा  गाउँपालिका –१ का सशस्त्र प्रहरी जवान आनबहादुर कुमाल, रिब्दीकोट–५ का कृष्णबहादुर बस्याल, बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री, निस्दी–३ का बोमबहादुर सोमै, रामपुरका –७ का रामु सुति र रामपुर–७ कै अमृत सुतीको परिवारले भने अझै आउने  आशामा बसेका छन् । 

सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल निरन्तर गरिरहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए। 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : २१ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक