जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार « Khabarhub

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष माधव दाहालको अध्यक्षता तथा बागमती प्रदेश प्रोस्कुनका वरिष्ठ उपाध्यक्ष जीवशराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ का गतिविधि, आर्थिक अवस्था तथा आगामी योजना प्रस्तुत गरिएको थियो । 

सञ्चालक समितिको प्रतिवेदन सचिव लक्ष्मण चौलागाईंले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मोहनकुमार खड्काले १ अर्ब ४२ करोड १४ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको आय-व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०५३ सालमा स्थापना भएको जनमुखी साकोसले करिब तीन दशकको अवधिमा २२ हजार २७ जना सदस्य आबद्ध गराउन सफल भएको जनाएको छ। हाल संस्थाको शेयर पुँजी १० करोड २४ लाख ७६ हजार ९ सय रुपैयाँ रहेको छ । 

त्यसैगरी बचत निक्षेप १ अर्ब १३ करोड ५३ लाख ८९ हजार रुपैयाँ पुगेको छ भने ९७ करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरको ऋण लगानी गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थाको संस्थागत पुँजी ९ करोड १० लाख १६ हजार रुपैयाँ रहेको छ ।

डिजिटल भुक्तानी प्रणालीमा विस्तार

संस्थाले पछिल्लो समय सदस्यलाई सहज, छिटो र सुरक्षित वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल भुक्तानी प्रणालीको विकास तथा विस्तारलाई प्राथमिकतामा राखेको प्रमुख व्यवस्थापक भेषराज मिजारले बताए । 

उनका अनुसार प्रविधिको प्रयोग बढ्दै गएसँगै सहकारीका वित्तीय कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने काम भइरहेको छ । 

‘सदस्यले बचत जम्मा, रकम स्थानान्तरण, भुक्तानी तथा कारोबारसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने गरी डिजिटल सेवा विस्तार गरेका छौँ,’ मिजारले भने, ‘सदस्यको समय र लागत बचत गर्दै घरमै बसेर सहकारीको सेवा लिन सक्ने वातावरण निर्माण गर्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएका छौँ । आगामी दिनमा अझ सुरक्षित, भरपर्दो र सदस्य–मैत्री डिजिटल वित्तीय सेवा विस्तार गर्दै जाने योजना छ ।’

उत्कृष्ट सदस्य तथा विद्यार्थी सम्मानित

साधारण सभाको अवसरमा संस्थाले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा सम्मान गर्नुका साथै ज्येष्ठ सदस्य, नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता लगायत विभिन्न विधाका सदस्यलाई सम्मान गरेको थियो ।

जनमुखी साकोसले बचत परिचालन, उत्पादनशील क्षेत्रमा ऋण लगानी तथा डिजिटल वित्तीय सेवाको विस्तारमार्फत सदस्यको आर्थिक सशक्तीकरण र सहकारी क्षेत्रको आधुनिक विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : ४३ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको