करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु « Khabarhub

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुर चौदण्डीगढी नगरपालिका–२ घर भई हाल इटहरीमा बस्दै आएका २० वर्षीय शिवम् विकको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

बिहान मोटरको ‘स्विच अन’ गर्ने क्रममा अचानक बायाँ हातमा करेन्ट लागेपछि घाइते भएका विकलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो । 

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख हमालले बताए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : ३८ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको