यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी « Khabarhub

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा पुनः चर्किएको गृहयुद्धमा साउदी अरेबियाको पक्षमा सहभागी नहुन विभिन्न देशलाई चेतावनी दिए।

हुथी समूहको राजनीतिक ब्युरोका सदस्य अल–बुखाइतीले आइतबार ‘द एसोसिएटेड प्रेस’ (एपी)सँगको अन्तर्वार्तामा यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी गतिविधि बढ्दै बाब अल–मन्देब जलडमरूमध्यसम्म पुगेपछि अमेरिकाले समूहसँग सम्पर्क गरेको बताए।

उनका अनुसार अमेरिकी पक्षसँगको सम्पर्कका क्रममा हुथी समूहले लाल सागरमा अमेरिकी पानीजहाजलाई लक्षित नगर्ने स्पष्ट पारेको थियो। समूहले लाल सागरमा अमेरिका वा अन्य कुनै राष्ट्रका पानीजहाजलाई लक्षित नगर्ने नीति रहेको जनाएको उनको भनाइ छ।

तर, अल–बुखाइतीले साउदी अरेबियालाई भने उक्त नीतिबाट अलग राखेका छन् ।

‘हामीले जलडमरूमध्यमा अमेरिका वा अन्य कुनै राष्ट्रलाई लक्षित नगर्ने कुरा स्पष्ट गरेका छौँ । साउदी अरेबिया भने यसको अपवाद हो,’ उनले एपीसँग भनेका छन् ।

यमनमा लामो समयदेखि जारी राजनीतिक तथा सैन्य द्वन्द्व पछिल्लो समय पुनः तीव्र बन्दै गएको छ। हुथी समूहले यमनका विभिन्न क्षेत्रमा आफ्नो प्रभाव कायम राखेको छ भने साउदी अरेबियाले यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै आएको छ।

यमनमा बढ्दो तनावसँगै लाल सागर र बाब अल–मन्देब जलडमरूमध्यको सुरक्षाप्रति पनि अन्तर्राष्ट्रिय चासो बढेको छ। विश्व व्यापारका लागि महत्वपूर्ण समुद्री मार्गका रूपमा रहेको यस क्षेत्रमा उत्पन्न हुने तनावले अन्तर्राष्ट्रिय जल यातायात र क्षेत्रीय सुरक्षामा असर पार्न सक्ने चिन्ता व्यक्त हुँदै आएको छ।

अल–बुखाइतीको पछिल्लो भनाइले यमन द्वन्द्वमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाबारे थप बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : ४४ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको