अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी « Khabarhub

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि पुनः आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने र नयाँ क्षमताका हतियार तैनाथ गर्ने चेतावनी दिएको छ।

आईआरजीसीका प्रवक्ताले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकाबाट नयाँ आक्रमण भए इरानको प्रतिरक्षा तथा जवाफी कारबाहीमा ‘महत्त्वपूर्ण परिवर्तन’ हुने बताएका छन् ।

‘हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्र्याउनेछौँ, जसले विश्वलाई चकित पार्नेछ,’ उनले भने।

आईआरजीसीले इरानले यसअघि आक्रमण नगरेका नयाँ लक्ष्यहरू पहिचान गरेको जनाउँदै दीर्घकालीन युद्धका लागि समेत आफू तयार रहेको बताएको छ।

सरकारी टेलिभिजनका अनुसार शनिबार इरानी सेनाको केन्द्रीय कमाण्डले अमेरिकाले तेहरानविरुद्ध नयाँ कारबाहीको योजना बनाइरहेको दाबी गरेको थियो। यद्यपि, त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको थिएन।

गत महिनाको अन्त्यमा तनाव बढेपछि पछिल्ला दिनमा अमेरिका र इरानबीचको सैन्य गतिविधि केही मत्थर भएको देखिए पनि तनाव पूर्ण रूपमा अन्त्य भएको छैन। तेहरानले होर्मुज जलमार्गमा व्यावसायिक जहाजलाई लक्षित गरी छिटपुट आक्रमण जारी राखेको छ।

दुवै पक्षले एकअर्कामाथि दबाब बढाउने प्रयासस्वरूप उक्त रणनीतिक जलमार्गमा नाकाबन्दीसम्बन्धी कदम जारी राखेका छन्।

यसैबीच, द्वन्द्व यमनसम्म पनि फैलिएको छ। इरानसमर्थित हुथी विद्रोहीहरूले साउदी अरबसमर्थित सरकारबाट थप भूभाग आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दै आएका छन्। हुथीहरूले साउदी अरबको राजधानी रियादसहित विभिन्न क्षेत्रमा समेत आक्रमण गर्दै आएका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : २९ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको