खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह « Khabarhub

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोजस्ता विपद्का बाबजुद पनि परिवार र इष्टमित्रहरूसँग खुसीका साथ विजयादशमी मनाउन आग्रह गरेका छन्।

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै परराष्ट्रमन्त्री खनालले पछिल्लो समय देशमा आएको प्राकृतिक विपत्तिले नागरिकमा गहिरो पीडा र कठिनाइ ल्याएको उल्लेख गरेका छन्।

“पछिल्लो समयमा विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले गहिरो पीडा र कठिनाइहरू ल्याएको छ,” मन्त्री खनालले भनेका छन्, “यी विपद् र चुनौतीहरूको बावजूद पनि, आफ्नो परिवार, इष्टमित्र र साथीभाइसँग खुसी र उल्लासका साथ यो चाड मनाउन अनुरोध गरिन्छ।”

सुख र दुःख दुवैलाई जीवनको सहज अङ्गका रूपमा स्वीकार गर्नु नै नेपाली समाज र संस्कृतिको अभिन्न पहिचान रहेको उल्लेख गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा बडादसैँको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ९ : ३९ बजे

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता