नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन « Khabarhub

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा  कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ ।  

काठमाडौँमा आज भएको भेलाले नेपाल टेलिभिजनका भिडियो पत्रकार शिव पङ्गेनीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

एसोसिएसनको सदस्यमा कान्तिपुर टेलिभिजनका  मुरारी घिमिरे, ग्लोबल टेलिभिजनका राजु थापा, न्युज एजेन्सी नेपालका देवानन्द शिल्पकार तथा भिडियो पत्रकारहरू निरनराज वाना, विनोद थापा, सुरेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, कुमार मानन्धर, विष्णु पन्थी र कृति पन्त रहेका छन् । 

तदर्थ समितिका संयोजक पङ्गेनीले नेपालभर व्यावसायिक रुपमा काम गर्ने भिडियो पत्रकारलाई सङ्गठित बनाई उनीहरूको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाका लागि संस्था गठन गरिएको बताए।

त्यस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तले अहिलेको युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारिताको क्षेत्रमा काम गर्ने सबै एकजुट हुन आवश्यक रहेको बताए।
 
उनले भने, ‘भिडियो पत्रकारितामार्फत विश्वभरका सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै समाजलाई सुसूचित गराउँदै अघि बढ्न अनुरोध गर्दछु ।’

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ११ : ०२ बजे

एमसीसीअन्तर्गत ९० किलोमिटर प्रसारण लाइन निर्माण सुरु

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत न्यू

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

काठमाडौँ– विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा  कार्यरत भिडियो

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

 काठमाडौँ – नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको

मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सङ्कलन हुँदै

एजेन्सी– मध्य पेरुमा शुक्रबार बिहान ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

सुनसरी– सुनसरीमा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी