चुनाव जित्न सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रचण्ड « Khabarhub

चुनाव जित्न सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रचण्ड


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

भक्तपुरको मध्यपुर थिमिमा शनिबार आयोजित पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बदलिँदो समय र प्रविधिको विकासअनुसार चुनावी प्रचारशैली पनि परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

अहिले सूचना प्रविधिको युग भएकाले त्यसको प्रभावकारी प्रयोग गर्न नसके निर्वाचनमा पछि पर्न सकिने उनको भनाइ थियो । विगतमा जस्तो भाषण र आमसभामा मात्रै सीमित भएर चुनावी अभियान सञ्चालन गर्न नसकिने उनले बताए ।

‘अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन,’ प्रचण्डले भने ।

उनले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरूसँगको छलफल र परामर्शका आधारमा सरकारले उपयुक्त समयमा निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे ।

उनले पार्टीका कार्यक्रमलाई विगतको जस्तो लामो र भद्दा बनाउनुभन्दा चुस्त तथा विषयवस्तु केन्द्रित बनाउनुपर्नेमा जोड दिए । पार्टी संगठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ११ : ४७ बजे

चुनाव जित्न सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा

एमसीसीअन्तर्गत ९० किलोमिटर प्रसारण लाइन निर्माण सुरु

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत न्यू

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

काठमाडौँ– विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा  कार्यरत भिडियो

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

 काठमाडौँ – नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको

मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सङ्कलन हुँदै

एजेन्सी– मध्य पेरुमा शुक्रबार बिहान ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ