काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी छ । फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा सुदूरश्चिमले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा लुम्बिनीले चौथो विकेट गुमाएको छ । खेलको १४ ओभर ६ बलमा लुम्बिनीका रोहित पौडेल रनआउट भए । आउट हुनुअघि उनले ३१ बलमा ३० रन बनाए ।
आज सुदूरपश्चिमको टिममा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, डा. ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दीपक बोहरा, सैफ जैब, जर्ज मुन्से, स्कट कुग्लेन र थारिन्दु रत्नायके छन् ।
त्यसैगरी, लुम्बिनीको टिममा कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दिलीप नाथ, किशोर महतो, क्रिश्चियन ट्रम्पलमन, निरोशन डिकवेला, डीआरसी शर्ट र अली शेख रहेका छन् ।














प्रतिक्रिया