लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिमले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि « Khabarhub

लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिमले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी लायन्सविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमले लुम्बिनीलाई १० विकेटले पराजित गर्‍यो ।

लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाइ १३ ओभर ३ बलमा भेट्टायो ।

सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले शतकीय पारी खेले । ५४ बलको सामना गरेका उनले १२५ रन बनाए । यस क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे ।

विनोद भण्डारीले २७ बलमा ३० रन बनाए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा सुदूरश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

लुम्बिनीका लागि दिलिप नाथले ३९ रन बनाए । ३१ बलको सामना गरेका उनले ३ छक्का प्रहार गरे ।

त्यसैगरी, लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा ३० रनको योगदान गरे । निरोशन डिकवेलाले १७ बलमा २८ रन, अली शेखले १२ बलमा २४ रन र डार्सी सर्टले १८ बलमा २१ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइनले २ तथा दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले समान १ विकेट लिए ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ०३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाने

लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिमले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि

काठमाडौं- लुम्बिनी लायन्सविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी

राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर पारे : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर