लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ « Khabarhub

लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले सिराहा, कास्की, सुनसरी, बर्दिया, बाँके, झापा, दाङ, कैलाली, सिन्धुली र रूपन्देहीका विभिन्न स्थानबाट लागुऔषधसहित ३७ जनालाई पक्राउ गरेको हो ।

सिराहाको मिर्चैया नगरपालिका-३ का २७ वर्षीय दिलिपकुमार मण्डल र मिर्चैया नगरपालिका-३ का २४ वर्षीय जितेन्द्र मण्डललाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित शुक्रबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका-८ बाट नियन्त्रित लागुऔषध टापेन्टाडोल ५२ ट्याब्लेटसहित पोखरा-४ बस्ने धादिङ निलकण्ठ नगरपालिका-८ घर भएका ३३ वर्षीय गौरवमान शाक्यसहित दुई, पोखरा-१७ ट्याक्सीचोकबाट नियन्त्रित लागुऔषध नोर्फिन ३०० एम्पुल, फेनारगन ३०० एम्पुल र डाइजेपाम ३०० एम्पुलसहित पोखरा(१७ का २८ वर्षीय रोशन थापा र रूपन्देही मायादेवी गाउँपालिका-३ घर भएका ३० वर्षीय जग्गु गौड पक्राउ परेका छन् ।

यसैगरी, पोखरा-१३ मियाँपाटनबाट नियन्त्रित लागुऔषध नाइट्राभेट २२० ट्याब्लेटसहित सोही ठाउँ बस्ने भारत घर भएका २० वर्षीय रञ्जित कुमार तथा अन्य तीन जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१४ हात्तीसार पथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ, नियन्त्रित लागुऔषध डाइक्लोमाइन पाँच हजार ९३० ट्याब्लेट, नाइट्राजेपाम ४४५ ट्याब्लेट, स्पास्पेन ६५ ट्याब्लेट र ट्रामाडोल १५ ट्याब्लेटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-१५ का २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान-१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङ लेटाङ नगरपालिका-१ बस्ने २६ वर्षीय हरि लिम्बू रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित इटहरी उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय राजेश रिसिदेवसमेत तीन, कोशी गाउँपालिका-१ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारत विहार अररिया थाना बस्मतिया बेलाहा-८ बस्ने २० वर्षीय पङ्कजकुमार खत्वेसमेत तीन, दुहबी नगरपालिका–७ भलुवाबाट धरान उपमहानगरपालिका–२० बस्ने २१ वर्षीय गौरव राईलाई प्रहरीले पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ पुरानो कण्ठपुर नजिकैबाट बाँके बैजनाथ गाउँपालिका–४ बस्ने ३० वर्षीय जय थापा, बाँकेको कोहलपुर नगरपालिका–१५ चन्नहवा बस्ने २८ वर्षीय सुरजकुमार थारूसहित दुई, झापाको बिर्तामोड नगरपालिका–१ र अर्जुनधारा नगरपालिका–५ को सिमाना मुसीचोकबाट बिर्तामोड नगरपालिका–४ बस्ने २७ वर्षीय दिपु राजबंशीसहित दुई जना पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१६ सुन्दरनगर टोल बस्ने ३३ वर्षीय सुनील थापा, घोराही–१५ शहिद गेट बस्ने प्रजल श्रेष्ठ र बबई गाउँपालिका–४ हापुरे दुर्गाटोल बस्ने २५ वर्षीय विनोद सुनार अवैध लागुऔषधसहित पक्राउ परेका छन् ।

कैलालीको जानकी गाउँपालिका–७ जवलपुरबाट जानकी–२ का ३० वर्षीय रमेश मगरसहित दुई, लम्कीचुहा नगरपालिका–१ बाट लम्कीचुहा–१ का ३० वर्षीय हिमाल खत्री, सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटा प्लानिङ टोल डेरा गरी बस्ने कमलामाई-२ घर भएका ३२ वर्षीय विशाल मोक्तानसहित तीन र रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरबाट बुटवल–८ सुक्खानगरका ३९ वर्षीय सुनिल शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : १४ बजे

एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै

लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाने

लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिमले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि

काठमाडौं- लुम्बिनी लायन्सविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी