एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा « Khabarhub

एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी रंगशाला निर्माण गरिने बताएका हुन् ।

उनका अनुसार सबै आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिनेछ। ती रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ ।

प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन्। आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने उनले बताएका छन् ।

योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला निर्माण गरिनेछ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ।

यी रंगशाला निर्माण भएपछि एनपीएलका खेल होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने बाटो खुल्नेछ। यसबाट क्लबहरूले आफ्नै घरेलु मैदानमा खेल खेल्न पाउनेछन् भने देशका विभिन्न क्षेत्रमा क्रिकेट गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै नेपाली क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन्।

यद्यपि, रंगशाला निर्माण सम्पन्न हुने समयसीमा र छैटौँ संस्करणदेखि नै होम एन्ड अवे प्रणाली लागू हुने विषयमा थप कार्ययोजना सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ३२ बजे

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली

मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

काठमाडौं – स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल)मा

एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै

लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाने