पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम « Khabarhub

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिका कार्यालयबीच कार्यक्रमअन्तर्गत बाँसखर्कको सुन्तला बगैँचामा पम्पिङ’ प्रणालीमार्फत स्थायी सिँचाइ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र मुख्यमन्त्री कार्यालयका सचिव कृष्णप्रसाद लम्सालबीच मङ्गलबार पोखरामा कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको हो ।

चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने एक करोड लागत अनुमान गरिएका कार्यक्रमका लागि प्रदेश सरकारले ७५ लाख र गाउँपालिकाले २५ लाख लगानी गर्ने छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी सुन्तलाखेती हुने बाँसखर्कमा सिँचाइ समस्याको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले प्रदेश सरकारसँग प्रस्ताव गरेको कार्यक्रम छनोट भएपछि कार्यान्वयनका लागि सम्झौता गरिएको हो ।

बाँसखर्क भएर मल्लाजमा पानी लैजाने सिँचाइ योजनाको नहरभन्दा माथिको बगैँचामा पम्पिङ र तलमाथि दुवैतिर हरेक चार सयदेखि पाँच सय बोटका लागि १० हजार लिटर क्षमताको ट्याङ्की बनाएर स्थायी किसिमले सिँचाइको व्यवस्था मिलाउने योजना छ ।

समुद्र सतहदेखि एक हजार १०० देखि एक हजार ९०० मिटर उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ मध्ये दुई सय परिवारले सुन्तलाखेती गरेका छन् । बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तलाखेती भएको वडाध्यक्ष जगबहादुर रोकाले बताए ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : २५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार