स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी « Khabarhub

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि स्याङ्जाबाट २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३ जना स्वतन्त्रसहित २५ जना राजनीतिक दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका हुन्।

३ जना स्वतन्त्र उम्मेदवारमध्ये क्षेत्र नम्बर १ मा दुई र दुईमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको हो ।

स्याङ्जामा कांग्रेसबाट बैंकर भरतराज ढकाल, एमालेबाट मिनप्रसाद गुरुङ र नेकपाबाट शैलेन्द्र घिमिरे ले उम्मेदवारी दर्ता गरेका थिए । यस्तै, रास्वपाबाट धनन्जय रेग्मी, श्रम संस्कृति, प्रजातन्त्र लोकतान्त्रिक पार्टी, नेकपा माओवादी, उज्यालो नेपाल, मंगोल नेसनल अर्गनाईजेसन र राप्रपाले पनि उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर दुईमा भने कांग्रेसबाट स्थानीय स्तरमा राम्रो पकड बनाएका पूर्व प्रदेश सांसद भागवत प्रकाश मल्ल, एमालेबाट खिमबहादुर थापा, नेकपाका पदमबहादुर विक, रास्वपाबाट झविलाल डुम्रे, रहेका छन् ।

यसैगरी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, राप्रपा, रा।जनमोर्चा, मंगल नेसनल, जयमात्रीभूमि, रा।जनमुक्तिबाट पनि उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : २९ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत