आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै   « Khabarhub

आसन्न निर्वाचनमा १६० जना महिलाले स्वतन्त्र प्रतिस्पर्धा गर्दै  


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकामध्ये १३ प्रतिशत बढी महिलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।  

‘महिला र पुरुष गरी देशभर १ हजार २४ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएकोमा १६० जना महिला रहेका छन्,’ आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् । 

देशभर १ हजार २४ जनाले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

दलसहित भने १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा ३९५ जना महिला, ३ हजार ८८ जना पुरुष र १ जना अन्यबाट छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : ५० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री