६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ?  « Khabarhub

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिसकेका नेताहरू विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । 

पटक–पटक स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका नेतादेखि छोटो समयका लागि मात्रै मन्त्रालयको नेतृत्व गरेका व्यक्तिसमेत यस पटकको निर्वाचनमा प्रतिस्पर्धामा देखिएका छन् ।

गगन थापा 

पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेस सभापति गगनकुमार थापाले यस निर्वाचनमा आफ्नो परम्परागत निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । 

लामो समयदेखि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ लाई आफ्नो राजनीतिक आधार बनाउँदै आएका थापाले उक्त क्षेत्र छाड्दै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनको क्षेत्र परिवर्तनले कांग्रेसभित्र र समग्र राजनीतिक वृत्तमा चासो बढाएको छ ।

प्रदीप पौडेल

निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने नेपाली कांग्रेसकै तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट पुनः उम्मेदवारी दर्ता गरेका छन् । 

यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका पौडेलले स्वास्थ्य मन्त्रीका रूपमा काम गर्दा गरेका निर्णय र कार्यक्रमलाई मतदातामाझ मुख्य मुद्दा बनाउने तयारी गरेका छन् ।

पदम गिरी

नेकपा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री बनेका पदम गिरीलाई पार्टीले पुनः पर्वत निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ ।  

पार्टी नेतृत्वले निरन्तरता र अनुभवलाई प्राथमिकता दिँदै गिरीलाई फेरि मैदानमा उतारेको बताइएको छ ।

प्रदीप यादव 

यसैबीच, पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । 

उनको पार्टी परिवर्तन र उम्मेदवारीले पर्साको चुनावी समीकरणमा नयाँ तरंग ल्याएको विश्लेषण गरिएको छ ।

उपेन्द्र यादव

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पुनः उम्मेदवारी दर्ता गराएका छन् । 

लामो समयदेखि सोही क्षेत्रलाई राजनीतिक आधार बनाउँदै आएका यादवलाई अनुभवी र प्रभावशाली उम्मेदवारका रूपमा हेरिएको छ ।

शेरबहादुर तामाङ

नेकपा एमालेकै तर्फबाट स्वास्थ्य मन्त्रालयको अनुभव हासिल गरेका शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

तामाङले स्वास्थ्य क्षेत्रको सुधार र पूर्वाधार विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिसकेका यी नेताहरूको उपस्थितिले यस पटकको प्रतिनिधि सभा निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । 

उनीहरूको कार्यकालमा भएका काम, नीतिगत निर्णय र विवादहरू समेत चुनावी बहसको केन्द्रमा रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १ : ३५ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति