आबे हत्या प्रकरणमा आजीवन सजाय « Khabarhub

आबे हत्या प्रकरणमा आजीवन सजाय


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दाअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो ।

नारा सहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले सजाय सुनाइएको छ । मुद्दाप्रति जनचासो अत्यधिक देखिएको थियो । बुधबार बिहानै अदालत प्रवेशका लागि टिकट लिन लामो लाइन लागेको दृश्यले यसको गम्भीरता झल्काएको थियो ।

पैँतालीस वर्षीय यामागामीले जुलाई २०२२ मा चुनावी अभियानका क्रममा भाषण दिइरहेका छन् जापानका सबैभन्दा लामो समय सेवा गरेका प्रधानमन्त्री आबेमाथि हस्तनिर्मित बन्दुक प्रयोग गरी गोली प्रहार गरेको अभियोग खेपेका थिए । 

उनीमाथि हत्या तथा बन्दुक नियन्त्रण कानून उल्लङ्घनको आरोप लगाइएको थियो । अक्टोबरमा मुद्दा सुरु हुँदा यामागामीले हत्या गरेको स्वीकार गरेका थिए, यद्यपि केही आरोपमा उनले असहमति जनाएका थिए । जापानी कानूनी व्यवस्थाअनुसार अपराध स्वीकार गरे पनि मुद्दा पूरै सुनुवाइ हुन्छ ।

अदालतबाहिर उपस्थित नागरिकहरूले यस घटनाले जापानी समाजमा पारेको गहिरो प्रभावबारे प्रतिक्रिया जनाएका थिए । केहीले पीडितप्रति सहानुभूति व्यक्त गरे भने केहीले यामागामीको जीवन पृष्ठभूमिलाई समेत विचार गर्नुपर्ने माग राखेका थिए ।

अभियोजनकर्ताहरूले हत्यालाई ‘युद्धपछिको जापानी इतिहासमै अभूतपूर्व’ भन्दै समाजमा यसको अत्यन्त गम्भीर असर परेको तर्क प्रस्तुत गर्दै आजीवन कारावासको माग गरेका थिए । जापानमा आजीवन कारावासमा प्यारोलको कानूनी सम्भावना भए पनि व्यवहारमा धेरै कैदी जेलमै जीवन समाप्त गर्ने विज्ञहरूको भनाइ छ ।

मुद्दाको क्रममा अभियोजन पक्षले यामागामीको उद्देश्य एकीकरण चर्चलाई बदनाम गर्नु रहेको दाबी गरेको थियो । उनकी आमाले उक्त चर्चलाई दिएको अत्यधिक दानका कारण परिवार आर्थिक रूपमा ध्वस्त भएको र प्रभावशाली राजनीतिज्ञहरूले सम्प्रदायलाई संरक्षण गरिरहेको विश्वास यामागामीमा बस्दै गएको तथ्य अदालतमा उजागर भएको थियो । पूर्वप्रधानमन्त्री आबे केही चर्चसम्बद्ध कार्यक्रममा सहभागी भएको पनि उल्लेख गरिएको थियो ।

प्रतिरक्षा पक्षले यामागामीको बाल्यकाल आमाको चरम धार्मिक आस्थाका कारण ‘धार्मिक दुव्र्यवहार’ बाट प्रभावित भएको दाबी गरेको थियो । वकिलका अनुसार, पारिवारिक संकटपछि आमाले करिब १० करोड येन बराबरको सम्पत्ति चर्चलाई दान गरेका थिए, जसका कारण यामागामीको शिक्षा र जीवन गम्भीर रूपमा प्रभावित भयो । उनले आत्महत्याको प्रयाससमेत गरेको र पछि भाइले आत्महत्या गरेको तथ्य पनि अदालतमा प्रस्तुत भएको थियो ।

यस हत्यापछिको अनुसन्धानले एकीकरण चर्च र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका केही रूढिवादी सांसदहरूबीचको घनिष्ठ सम्बन्ध उजागर गरेको छ, जसका कारण चार मन्त्रीले पद त्याग्नुपरेको थियो । अभियोजनकर्ताहरूका अनुसार यामागामीले सन् २०२० देखि बन्दुक बनाउन सुरु गरेका थिए, जसले आक्रमण अत्यन्त पूर्वनियोजित रहेको पुष्टि गर्छ ।

कडा बन्दुक नियन्त्रणका लागि परिचित जापानमा यो घटनालाई गम्भीर चेतावनीका रूपमा लिइएको छ । बन्दुक हिंसा अत्यन्त दुर्लभ भएकाले घटनास्थलमा सुरक्षाकर्मीहरूले सुरुमा गोली चलेको बुझ्न नसकेको र उद्धारमा ढिलाइ भएको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १ : २४ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति