सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ « Khabarhub

सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले निष्पक्ष, पारदर्शी र सफल निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

मन्त्री श्रेष्ठले भनिन्, ‘सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको हैसियतले म निष्पक्ष, पारदर्शी र सफल निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्ध छु।’ 

उनले लोकतन्त्रको संरक्षण र सुदृढीकरण सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रलाई अझ सशक्त बनाउने दिशामा जिम्मेवारीका साथ अघि बढ्न सबैलाई आग्रह गरिन्।

कार्यभार सम्हालेदेखि सीमित समयभित्र निष्ठा, लगन र इमान्दारिताका साथ अधिकतम प्रयास गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधारशिला भएकाले यसको सफलताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।

 उनले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आगामी निर्वाचनमा सक्रिय, संयमित र जिम्मेवार ढंगले सहभागी हुन हार्दिक अपिल गरिन्।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : ३६ बजे

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको