विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित « Khabarhub

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गर्दै सर्वसम्मतले पारित गरेको हो । 

समिति सभापति तुलसा कुमारी दाहालले माघ ९ गते बस्ने राष्ट्रिसभामा पेश गर्नेगरि पर्यटन विधेयक पारित गरिएको जानकारी दिइन ।

नयाँ ऐनमा पर्वतारोहण सङ्घको अधिकार कटौती नगरेको तर अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थालाई पनि बाटो खोल्नेगरि विधेयकलाई अघि बढाइएको जानकारी दिइन् । 

पर्यटकीय गतिविधिको प्रवर्धन, पर्यटन उद्योगको व्यवस्थापन तथा नियमन गर्न, पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्न तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न सरकारले उक्त विधेयक ल्याएको थियो । 

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : ०४ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन