एमालेको झण्डा जलाएको आरोपमा दाङमा थप दुईजना पक्राउ « Khabarhub

एमालेको झण्डा जलाएको आरोपमा दाङमा थप दुईजना पक्राउ


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङको तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा रहेको नेकपा एमालेको चुनाव चिह्न अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

दाङ प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर– ४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर– ६ गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन् ।

प्रहरीले यसअघि सोही ठाउँका बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको थियो । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यही फागुन ७ गते राति साढे ९ बजेतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नारा लगाउँदै वीरेन्द्रचोकमा सहभागी भएकाहरूले एमालेको चुनाव चिह्न अङ्कित झण्डा जलाएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १० : ३७ बजे

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई