क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम « Khabarhub

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । 

नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा  संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । 
        
त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिँदै प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, संस्कृति र आध्यात्मिकताको अद्वितीय नमुनाका रुपमा रहेको बताए। 

उन क्यानडाली पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्न दूतावास तयार रहेका स्पष्ट पारे।
 
कार्यक्रममा टोरन्टोमा रहेका ट्राभल एजेन्सी र टुर अपरेटरका प्रतिनिधि, पर्यटन बोर्डका अधिकारी, नेपाली ट्राभल र टुर कम्पनीका प्रतिनिधिलगायत पर्यटन व्यवसायीको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १२ : ५२ बजे

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध