रौतहटमा दुई समुदायबीच झडप उग्र, दर्जनौँ सवारी साधनमा आगजनी « Khabarhub

रौतहटमा दुई समुदायबीच झडप उग्र, दर्जनौँ सवारी साधनमा आगजनी


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु भएको झडपले उग्र रूप लिएको छ । झडप सुरु भएको आज तीन दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन।  

बिहीबार राति देखिको सामान्य विवाद बढ्दै आज आगजनी र तोडफोडसम्म पुगेको हो ।

प्रहरीका अनुसार एक विवाह समारोहमा बजाइएको बाजागाजालाई लिएर विवाद चर्किएको थियो । गत ७ गते राति हिन्दु समुदायको विवाहमा बाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायले आपत्ति जनाएपछि भनाभन सुरु भएको बताइएको छ । 

मस्जिदमा रात्री प्रार्थना चलिरहेको समयमा बाजा बजाइएको भन्दै विवाद बढ्दै जाँदा केही व्यक्तिमाथि कुटपिटसमेत भएको थियो।

घटनापछि शुक्रबार बिहान दुवै पक्षबीच पुनः ढुंगामुढा भएको र त्यसपछि अवस्था थप तनावपूर्ण बनेको प्रशासनले जनाएको छ। स्थानीय प्रशासनका अनुसार झडप क्रमशः अन्य स्थानमा समेत फैलिँदै गएको छ ।

अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १ : ०२ बजे

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा