रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक « Khabarhub

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, धर्ना, नाराबाजी लगायतका गतिविधिमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा हालै भएको घटनापछि शान्ति–सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको उल्लेख छ। सूचनाअनुसार तोकिएको चार किल्लाभित्र पाँच जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने, प्रदर्शन तथा उक्साहटपूर्ण गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।

निषेधाज्ञा लागू गरिएको क्षेत्र गौर नगरपालिका–६ अन्तर्गतका संवेदनशील स्थानहरू रहेको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रशासनले स्थानीयवासीलाई शान्ति कायम राख्न सहयोग गर्न र अफवाहमा नलाग्न आग्रह गरेको छ। क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १ : १० बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत