सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप « Khabarhub

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गर्नुपर्ने स्थिति आएको छ ।

सुनसरी क्षेत्र नम्बर -४ भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको हो ।

कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा बाटोमै रास्वपाका केही युवासँग भेट भएपछि विवाद सुरु भएको थियो। सामान्य भनाभन चर्किंदै हात हालाहालसम्म पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो।

निर्वाचन सुरक्षामा खटिएको प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिन र भीड तितरबितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झडपमा संलग्न कार्यकर्ताहरू एउटै क्षेत्रका छिमेकी भए पनि फरक–फरक राजनीतिक दलमा आवद्ध भएकाले विवाद उत्पन्न भएको थियो।  

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ३ : ०० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री