उम्मेदवारहरूको घरदैलो अभियान तीव्र « Khabarhub

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल र उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। विभिन्न निर्वाचन क्षेत्रमा घरदैलो, कोणसभा र भेटघाट कार्यक्रम बढ्दै गएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा संगठित रूपमा प्रचार अभियान सञ्चालन गरिरहेका छन्। स्वतन्त्र उम्मेदवारहरूले पनि मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन्।

उम्मेदवारहरूले आफ्ना एजेन्डा, विकास योजना र प्रतिबद्धताबारे मतदातालाई जानकारी गराउँदै समर्थन जुटाउने प्रयास गरिरहेका छन्। गाउँदेखि सहरसम्म चुनावी गतिविधि बढ्दा चुनावी माहोल तातेको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न पाउने व्यवस्था छ। आयोगले निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न आचारसंहिताको पूर्ण पालना गर्न सबै दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा प्रचार गतिविधि अझै तीव्र हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ३ : ०७ बजे

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।