वैदेशिक व्यापारका सात महिना : नौ खर्ब पचास अर्ब घाटा « Khabarhub

वैदेशिक व्यापारका सात महिना : नौ खर्ब पचास अर्ब घाटा


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । 

भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ । 

भारतसँग बितेका सात महिनामा रु छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा बेहोरेको छ । 

चीनसँग दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र ९० करोड एक लाख बराबरको निर्यात हुँदा दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख बराबरको घाटा भएको छ । 

विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा देखिन्छ ।

व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा पाँच करोड ५२ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख बराबरको व्यापार नाफा देखिन्छ ।

पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । 

यसैगरी, ३१ अर्ब नौ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, रु २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ ।

बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल रु ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ । अलैँची आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल पाँच अर्ब ७८ करोड, कार्पेट रु पाँच ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागको तथ्यांक छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ४ : ५३ बजे

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको