गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल « Khabarhub

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक राष्ट्रिय विषय, समग्र शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षासँग सम्बन्धित मुद्दामा केन्द्रित हुँदै गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।

गृहमन्त्री एवं केन्द्रीय सुरक्षा समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको छ। 

बैठकमा विशेषगरी मधेश–तराई क्षेत्रमा पछिल्ला दिनमा देखिएको जातीय तथा धार्मिक संवेदनशीलता, साथै निर्वाचनसँग जोडिएका सम्भावित सुरक्षा चुनौतीबारे विस्तृत छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचन नजिकिँदै गर्दा सम्भावित जोखिमको आकलन, सुरक्षा रणनीति तथा आवश्यक समन्वयका विषयमा पनि बैठकमा विचारविमर्श भइरहेको बताइएको छ। छलफलपछि आवश्यक निर्णय लिइने मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ५ : ३९ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत