ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन « Khabarhub

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई बिस्तारै टुङ्ग्याउने तर्फ विचार गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत राष्ट्रपति ट्रम्पले फेब्रुअरी २८ बाट सुरु भएको भीषण द्वन्द्वमा अमेरिका आफ्ना मुख्य सैन्य उद्देश्यहरू प्राप्त गर्न निकै नजिक पुगेको दाबी गरेका छन् । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार अबको केही हप्ताभित्रै सैन्य अभियान तार्किक निष्कर्षमा पुग्नेछ ।

ट्रम्पले भनेका छन्– ‘हामी इरानको आतङ्कवादी शासन विरुद्धको महान् सैन्य प्रयासलाई कम गर्ने सोचमा छौँ।’ यद्यपि, उनले तत्कालै युद्धविराम गर्ने प्रस्तावलाई भने अस्वीकार गगरेका छन् ।

यसैबीच, युद्धका कारण विश्वभर इन्धनको मूल्यमा आएको उच्च वृद्धिलाई नियन्त्रण गर्न वासिङ्टनले रणनीतिक कदम चालेको छ ।

अमेरिकाले ट्याङ्करहरूमा लोड भइसकेका इरानी कच्चा तेललाई आगामी अप्रिल १९ सम्मका लागि बिक्री गर्न अनुमति दिँदै प्रतिबन्धमा अस्थायी खुकुलोपन ल्याएको छ । यसबाट करिब १४ करोड ब्यारेल तेल विश्व बजारमा आउने र यसले आपूर्तिमा देखिएको अवरोधलाई केही हदसम्म कम गर्ने विश्वास गरिएको छ। उता, तेहरानले भने आफूसँग अतिरिक्त कच्चा तेल नभएको दाबी गरेको छ।

यता, इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा आक्रमण गरेपछि इरानले क्षेत्रीय ऊर्जा पूर्वाधार र ढुवानी मार्गमा आक्रमण तीव्र पारेको छ । कुवेत र कतारका प्रमुख ऊर्जा संयन्त्रहरूमा इरान समर्थित समूहले गरेको ड्रोन आक्रमणबाट ठूलो आर्थिक क्षति भएको छ। यो द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पारेको छ भने इन्धन र खाद्यान्नको मूल्य बढ्दो क्रममा रहेको छ । 

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ११ : ५० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क