इनिशा बिक हत्या प्रकरण : कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन « Khabarhub

इनिशा बिक हत्या प्रकरण : कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।

इनिशा बिकलाई न्याय दिलाउन विभिन्न संघसंस्थाको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन आयोजना गरिएको हो। प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दे’, ‘छोरीहरूको सुरक्षा गरौं’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘न्यायविना शान्ति छैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

इनिशा बिकको न्यायका लागि ऐक्यबद्धता जनाउँदै नेपाल सुनचण्डी व्यवसाय तथा कालिगढ सङ्घर्ष समिति समेत प्रदर्शनमा सहभागी भएको थियो।

उक्त प्रकरणमा सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा बिक मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले घटनामा संलग्न अभियुक्तहरूसँग बयान लिइसकेको जनाएको छ भने अनुसन्धान अन्तिम चरणमा पुगेको बताइएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ३ : ४७ बजे

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका