जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग « Khabarhub

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका छन् ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा शनिबार काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आयोजना गरेको ध्यानाकर्षण सभामा उनीहरूले अझै पनि जातीय भेदभाव कायमै रहेकाले पूर्ण रुपमा भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने जनाएका हुन् । 

उनीहरूले समान हक र समान अवसरसहितको समाजवादको आधार निर्माणका लागि संविधान संशोधन हुनुपर्ने माग राखेका छन् । ध्यानाकर्षणसभामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले देश परिवर्तनको बाटोमा अघि बढेका बेला पछाडि परेका समुदायलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्न आगामी दिनमा पनि निरन्तर दवाव कायमै राख्ने उल्लेख गरे ।

उनले जातीय विभेद उन्मूलन गर्नुपर्ने आवाज आगामी दिनमा उठाउन नपर्ने गरि पूर्ण रुपमा बिभेद अन्त्य गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए। 

‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ भन्ने नाराका लागि शनिबार नेपालमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको हो । 

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ३ : ५५ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक