इरानको नटान्ज आणविक केन्द्रमा हमला « Khabarhub

इरानको नटान्ज आणविक केन्द्रमा हमला


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ । इरानविरुद्ध इजरायल र अमेरिकाले सुरु गरेको युद्धको पहिलो हप्तामा पनि यस क्षेत्रमा हमला भएको थियो ।

इरानी आणविक ऊर्जा संगठनका अनुसार ‘शहीद अहमदी रोशन’ केन्द्रमा अमेरिका र इजरायलले ‘आपराधिक आक्रमण’ गरेका हुन् । यो आक्रमणबाट परमाणु अप्रसार सन्धि र अन्तर्राष्ट्रिय सुरक्षा नियमहरूको उल्लंघन भएको इरानले बताएको छ ।

यद्यपि समाचारमा जनाइए अनुसार उक्त केन्द्रबाट कुनै पनि रेडियोधर्मी पदार्थ चुहावट भएको देखिएको छैन ।

राजधानी तेहरानबाट २२० किलोमिटर टाढा रहेको यो केन्द्रमा सन् २०२५ जुनमा भएको १२ दिने युद्धमा पनि इजरायल र अमेरिकाले हमला गरेका थिए ।

अहिले जारी युद्ध रोकिने कुनै संकेत देखिएको छैन। इजरायलले शनिबार बिहान पनि इरानले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। यता साउदी अरबले आफ्नो पूर्वी क्षेत्रमा रहेका तेल खानीतर्फ आएका २० वटा ड्रोनहरू खसालेको दाबी गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ४ : २८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क