हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग « Khabarhub

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र बेलायतको संयुक्त सैन्य आधार शिविरतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले इरानमाथि थप आक्रमण गर्न बेलायती सैन्य अखडा प्रयोगको अनुमति दिएपछि इरानले यस्तो कदम चालेको हो ।

इरानको मेहर समाचार एजेन्सीका अनुसार दुई वटा मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिए पनि ती लक्ष्यमा भने लाग्न सकेनन् । वाल स्ट्रिट जर्नलका अनुसार एउटा क्षेप्यास्त्र अमेरिकी युद्धपोतले खसालेको थियो भने अर्को बीच बाटोमै असफल भएको थियो ।

डिएगो गर्सिया इरानबाट करिब ३,८०० किलोमिटर टाढा पर्दछ । यहाँ अमेरिकाले लामा दुरीका बमवर्षक विमानहरू तैनाथ गरेको छ ।

यसअघि इरानसँग यति लामो दूरीमा प्रहार गर्नसक्ने क्षेप्यास्त्र नरहेको विश्वास गरिएको थियो । इरानबाट धेरै टाढा रहेको हिन्द महासागरमा अवस्थित डिएगो गार्सियामा इरानले क्षेप्यास्त्र प्रहार भएपछि विश्व सैन्य जगतमा तरङ्ग पैदा भएको छ ।

बेलायतले शुक्रबार मात्रै इरानी सैन्य निशानामा आक्रमण गर्न आफ्नो सैन्य अखडा प्रयोग गर्ने अनुमति दिएको थियो । यसअघि बेलायती अखडाहरू रक्षात्मक कामका लागि मात्र प्रयोग गर्ने सहमति थियो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले यसको कडा विरोध गर्दै इरानले आत्मरक्षाको अधिकार प्रयोग गर्ने बताएका छन् । उनले प्रधानमन्त्री स्टार्मरले आफ्नै जनताको भावना विपरित बेलायती नागरिकहरूको ज्यान जोखिममा पारेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ५ : ४९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क