अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’ « Khabarhub

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् । युद्ध अन्त्यका लागि पुनः वार्ता हुने वा नहुने भन्ने अन्योल कायमै रहेका बेला ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो ।

एक हप्ताअघि सुरु भएको अमेरिकी नाकाबन्दीले इरानलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारिरहेको दाबी ट्रम्पले गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा लेख्दै उनले यस द्वन्द्वमा अमेरिका निकै अगाडि रहेको र जितिरहेको उल्लेख गरेका हुन् ।

अमेरिका र इरानबीचको अस्थायी युद्धविराम बुधबार सकिँदैछ । शान्ति वार्ताको दोस्रो चरण पाकिस्तानमा हुने भनिए पनि त्यसबारे अझै अनिश्चितता छ । वार्ताको तयारीका लागि पाकिस्तानको राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, अमेरिकी टोलीको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै वासिङ्टनबाट प्रस्थान गरेका छैनन् । उता इरानले पनि वार्तामा सहभागी हुने वा नहुनेबारे कुनै निर्णय गरिसकेको छैन ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दी सुरु भएदेखि हालसम्म २७ वटा जहाजलाई इरानी बन्दरगाहतिरै फिर्ता पठाइएको छ । आइतबार मात्रै अमेरिकाले नाकाबन्दी तोड्न खोज्ने इरानी झण्डावाहक एक मालबाहक जहाजलाई पहिलो पटक नियन्त्रणमा लिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको भिडियोमा अमेरिकी सेनाले उक्त जहाजलाई चेतावनी दिएको र त्यसपछि सैनिक हेलिकप्टरबाट जहाजमा ओर्लिएर नियन्त्रणमा लिएको देखिन्छ । इरानले यस कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ, जसका कारण खाडी क्षेत्रमा थप तनाव बढ्ने देखिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ०९ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री