आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी « Khabarhub

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने साहस नै दलहरुको सुधारको सही बाटो हुने बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत विगतका गल्तीहरूको आत्मसमीक्षा गर्दै जनतासँग माफी मागेर नयाँ पुस्तालाई नेतृत्व सुम्पनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।

उनले जनताको वास्तविक आवश्यकता भन्दा पनि सत्ताको दाउपेच र चुनावी समीकरणलाई मात्र प्राथमिकता दिएको व्यंग्य गर्दै जनताको स्वाद नबुझी खोलिएका दोकान चल्न नसक्ने बताए । 

उनले लेखेका छन्– ‘जनताको स्वाद नबुझी खोलिएका ‘दुकान’ पुरानै सेल्सम्यान र मालिकले जति सिँगार गरे पनि चल्दैनन् ।’

नेता भण्डारीले नेपालका राजनीतिक पार्टीहरू कोसँग मिल्ने/नमिल्ने भन्ने कुरा जनताको चासोको विषय नभएकाले सत्तामा हुँदा गुमेको विश्वास फिर्ता गर्ने मार्ग खोज्न आग्रह गरेका छन् । उनले भनेका छन्– सत्तामा हुँदा गुमेको विश्वास पिँढीमा बसेर गरिने गफले फर्किँदैन ।’

उनले आम नागरिकले अब पुरानै आश्वासन नभई ठोस परिणाम खोजिरहेको सङ्केत गरेका छन् । दलका सिद्धान्त र विचारलाई समयसापेक्ष परिवर्तन नगर्ने र नेतृत्वमा अनुहार नबदल्ने हो भने नयाँ पार्टी वा पुरानै संरचनाले जनविश्वास जित्न कठिन हुने उनको तर्क छ ।

नेता भण्डारीले मुलुकमा अन्धभक्त, चाप्लुसी र मीठो कुरा गरेर जनतालाई भ्रममा पार्ने प्रवृत्ति घातक रोग भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘जिब्रोको चाकडी त रोग नै हो नि !’ 

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १० : ०१ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता