आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी « Khabarhub

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने साहस नै दलहरुको सुधारको सही बाटो हुने बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत विगतका गल्तीहरूको आत्मसमीक्षा गर्दै जनतासँग माफी मागेर नयाँ पुस्तालाई नेतृत्व सुम्पनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।

उनले जनताको वास्तविक आवश्यकता भन्दा पनि सत्ताको दाउपेच र चुनावी समीकरणलाई मात्र प्राथमिकता दिएको व्यंग्य गर्दै जनताको स्वाद नबुझी खोलिएका दोकान चल्न नसक्ने बताए । 

उनले लेखेका छन्– ‘जनताको स्वाद नबुझी खोलिएका ‘दुकान’ पुरानै सेल्सम्यान र मालिकले जति सिँगार गरे पनि चल्दैनन् ।’

नेता भण्डारीले नेपालका राजनीतिक पार्टीहरू कोसँग मिल्ने/नमिल्ने भन्ने कुरा जनताको चासोको विषय नभएकाले सत्तामा हुँदा गुमेको विश्वास फिर्ता गर्ने मार्ग खोज्न आग्रह गरेका छन् । उनले भनेका छन्– सत्तामा हुँदा गुमेको विश्वास पिँढीमा बसेर गरिने गफले फर्किँदैन ।’

उनले आम नागरिकले अब पुरानै आश्वासन नभई ठोस परिणाम खोजिरहेको सङ्केत गरेका छन् । दलका सिद्धान्त र विचारलाई समयसापेक्ष परिवर्तन नगर्ने र नेतृत्वमा अनुहार नबदल्ने हो भने नयाँ पार्टी वा पुरानै संरचनाले जनविश्वास जित्न कठिन हुने उनको तर्क छ ।

नेता भण्डारीले मुलुकमा अन्धभक्त, चाप्लुसी र मीठो कुरा गरेर जनतालाई भ्रममा पार्ने प्रवृत्ति घातक रोग भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘जिब्रोको चाकडी त रोग नै हो नि !’ 

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १० : ०१ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र