गुणस्तर नपुगेपछि ओन्डाट्रोन–४ नामक औषधि बजारबाट फिर्ता लिन निर्देशन « Khabarhub

गुणस्तर नपुगेपछि ओन्डाट्रोन–४ नामक औषधि बजारबाट फिर्ता लिन निर्देशन


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड नपुगेको भन्दै ओन्डाट्रोन–४ नामक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधिको नमुना परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार गुणस्तर नपुगेको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा “आईपी २०२२ अनुसार परिमाण परीक्षणमा अनुपयुक्त” देखिएको उल्लेख गरिएको छ ।

विभागका अनुसार ओन्डाट्रोन–४ (ओन्डान्सेट्रोन हाइड्रोक्लोराइड ४ मिलिग्राम) को ब्याच नम्बर ओएनडीटी २९०१ रहेको छ । उक्त औषधिको उत्पादन मिति अगस्ट २०२५ र म्याद सकिने मिति जुलाई २०२७ रहेको छ ।

यो औषधि देउराली–जनता फार्मास्युटिकल्स प्रा. लि. द्वारा उत्पादन गरिएको हो । विभागले सम्बन्धित उद्योग तथा वितरकलाई तत्काल बजारबाट औषधि फिर्ता लिन र सोको विवरण विभागमा पेश गर्न निर्देशन दिएको छ । 

उक्त ब्याचको औषधि बिक्री, वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १२ : ०७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण