तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने  « Khabarhub

तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने 


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । 

गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । 

यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न मंगलबार काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो । 

बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरू सम्पर्कमा आएको बताउँदै धादिङ तर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरूले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो । 

बैठकमा यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिइन् । 

‘बसपार्कको समस्यासँगै ठमेल लगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउँका परिवारले ध्वनि प्रदूषणले असर गरेको, स्पालगायतका व्यवसायमा हुने अवाञ्छित क्रियाकलापबाट पारिवारिक वातावरण बिग्रिएको, छात्रावास सञ्चालकहरूबाट बसोबासमा समस्या आएको जस्ता गुनासा आउने गरेका छन् । यसको नियमनका लागि नेपाल प्रहरी र महानगर प्रहरी बलका आफ्ना आफ्नै क्षेत्राधिकार छन् । एकै पटक अनुगमन जाने र आफ्ना आफ्ना क्षेत्राधिकारका काम गर्न थालेपछि व्यवस्थापनमा महसुस योग्य नतिजा आउनेछ ।’ उनको भनाइ थियो ।

बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले, सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानु पर्ने बताए ।

यस्तै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दी विरुद्धको अभियानले अनधिकृत काम गर्नेहरुको संख्यामा कमी आएको बताए । ठमेल क्षेत्रको सामाजिक अवस्थाको कुरा गर्दै थापाले, निषेधित काम गर्ने २० जना विदेशी महिलालाई डिपोट गरिएको जानकारी दिँदै अपराधमाथिको निगरानी  जारी रहेको बताए । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरपालिका र ट्राफिक प्रहरीकाबीचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनु पर्ने बताए । 

सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप, सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका विषयमा बैठक केन्द्रित थियो । 

यसमा पनि महानगरपालिकाले जारी गरेका सूचना तथा पटक पटक भएका सहमति तथा निर्णय विपरीत बसपार्क क्षेत्र बाहिरबाट यातायात सेवा सञ्चालन भइरहेकोमा यसको नियन्त्रण र व्यवस्थापनको विषय विश्लेषण भएको थियो । 

प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौँमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको, शाहको भनाइ छ । 

ल्होत्से वहुउद्देश्यीय प्रा. लि. का मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार नयाँ बसपार्क भित्रबाट अहिले ५७ वटा कम्पनीका सवारी साधन सञ्चालन हुन्छन् । लामो दुरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ् गरेको ४ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ ।

मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपियाँ लिने गरिएको मल्लको भनाइ छ । वसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङ् लगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । 

नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १२ : ३९ बजे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री

किन भाइरल बन्दैछ रितेश र जेनेलिया रोएको भिडियो ?

काठमाडौं – बलिउड नायक रितेश देशमुखको निर्देशनमा बनेको फिल्म ‘राजा

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

एजेन्सी– मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन

लाखौँ पन्छी मारेपछि आउँछ ‘बर्ड फ्लू’ नेगेटिभ रिपोर्ट, विज्ञ भन्छन्- मासु खाँदैमा मानिसमा सर्दैन

भारतसंग सीमा जोडिएका क्षेत्रमा बर्ड फ्लूको संक्रमण देखिएका बेला कैलालीमा

इरानले भन्यो : अमेरिकाले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्छ

तेहरान- इरानी नेतृत्वले वार्ता अघि नबढेको अवस्थामा अमेरिकाले जुनसुकै बेला