नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन « Khabarhub

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ गंगोलको निधन भएको छ । 

९२ वर्षका गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आजै दाहसंस्कार गरिनेछ । उनको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको टिप्पणी चिकित्सक समुदायले गरेका छन् ।

डा. गंगोलले आफ्नो दीर्घ चिकित्सकीय जीवनमा न्युरोसर्जरी मात्र नभई पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीमा ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सम्पन्न गरेका थिए । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत रहेका डा.गंगोलले चार दशकसम्म वीर अस्पतालमा सेवा दिएका थिए भने उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया सम्पन्न गरेका थिए ।

वि.सं.१९८९ चैतमा काठमाडौंमा जन्मिएका गंगोलले त्रिचन्द्र कलेजबाट बीएस्सी अध्ययन पूरा गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस र बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए । सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए ।

नेपाल चिकित्सक संघले श्रद्धाञ्जली व्यक्त गर्दै डा. गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १ : १६ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का