नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन « Khabarhub

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ गंगोलको निधन भएको छ । 

९२ वर्षका गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आजै दाहसंस्कार गरिनेछ । उनको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको टिप्पणी चिकित्सक समुदायले गरेका छन् ।

डा. गंगोलले आफ्नो दीर्घ चिकित्सकीय जीवनमा न्युरोसर्जरी मात्र नभई पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीमा ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सम्पन्न गरेका थिए । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत रहेका डा.गंगोलले चार दशकसम्म वीर अस्पतालमा सेवा दिएका थिए भने उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया सम्पन्न गरेका थिए ।

वि.सं.१९८९ चैतमा काठमाडौंमा जन्मिएका गंगोलले त्रिचन्द्र कलेजबाट बीएस्सी अध्ययन पूरा गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस र बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए । सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए ।

नेपाल चिकित्सक संघले श्रद्धाञ्जली व्यक्त गर्दै डा. गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १ : १६ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले