नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो « Khabarhub

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित भ्रातृसंगठनका नेताहरूसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कांग्रेस एकवद्ध भएर अघि बढ्नुको विकल्प छैन। आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई सुदृढ बनाउनुपर्छ’, उनले सम्बोधनका क्रममा भने।

उनले देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सशक्त र जिम्मेवार कांग्रेस आवश्यक रहेको उल्लेख गरे । ‘पार्टी कमजोर भए समग्र लोकतन्त्र नै कमजोर हुन्छ । हाम्रो जिम्मेवारी केवल पार्टीभित्र सीमित छैन, देश र लोकतन्त्रप्रति पनि उत्तिकै छ’,

उनले सरकार दुईतिहाइको दम्भ देखाएर जनताका दैनिक जनजीवनका समस्याप्रति उदाशीन देखिएको छ। सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पनि प्रमुख प्रतिपक्षीले अहम् भूमिका खेल्ने बेला आएको उनले बताए ।

अहिले विद्यार्थी संगठनमाथि सरकारले लगाउने प्रतिबन्ध संविधानको वर्खिलाप भएको उनले बताए । तर विद्यार्थी राजनीतिभित्र पनि अत्यधिक सुधारको आवश्यकता रहेको उनको जोड थियो ।

महरले युवाहरूलाई पार्टीको मुख्य शक्तिको रूपमा उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिताबिना दलको भविष्य सुदृढ नहुने धारणा राखे। उनले अवसर, नेतृत्व विकास र नीतिगत सहभागितामार्फत् युवाहरूलाई अगाडि ल्याउनुपर्नेमा जोड दिए।

महरले सबै नेता-कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको सामूहिक हितमा लाग्न आह्वान गरे। ‘हामी सबै एकजुट भयौँ भने मात्रै कांग्रेसलाई अझ बलियो र देशलाई समृद्ध बनाउन सक्छौं,’ उनलले भने।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  २ : ५४ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका