नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो « Khabarhub

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित भ्रातृसंगठनका नेताहरूसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कांग्रेस एकवद्ध भएर अघि बढ्नुको विकल्प छैन। आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई सुदृढ बनाउनुपर्छ’, उनले सम्बोधनका क्रममा भने।

उनले देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सशक्त र जिम्मेवार कांग्रेस आवश्यक रहेको उल्लेख गरे । ‘पार्टी कमजोर भए समग्र लोकतन्त्र नै कमजोर हुन्छ । हाम्रो जिम्मेवारी केवल पार्टीभित्र सीमित छैन, देश र लोकतन्त्रप्रति पनि उत्तिकै छ’,

उनले सरकार दुईतिहाइको दम्भ देखाएर जनताका दैनिक जनजीवनका समस्याप्रति उदाशीन देखिएको छ। सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पनि प्रमुख प्रतिपक्षीले अहम् भूमिका खेल्ने बेला आएको उनले बताए ।

अहिले विद्यार्थी संगठनमाथि सरकारले लगाउने प्रतिबन्ध संविधानको वर्खिलाप भएको उनले बताए । तर विद्यार्थी राजनीतिभित्र पनि अत्यधिक सुधारको आवश्यकता रहेको उनको जोड थियो ।

महरले युवाहरूलाई पार्टीको मुख्य शक्तिको रूपमा उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिताबिना दलको भविष्य सुदृढ नहुने धारणा राखे। उनले अवसर, नेतृत्व विकास र नीतिगत सहभागितामार्फत् युवाहरूलाई अगाडि ल्याउनुपर्नेमा जोड दिए।

महरले सबै नेता-कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको सामूहिक हितमा लाग्न आह्वान गरे। ‘हामी सबै एकजुट भयौँ भने मात्रै कांग्रेसलाई अझ बलियो र देशलाई समृद्ध बनाउन सक्छौं,’ उनलले भने।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  २ : ५४ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण