हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ « Khabarhub

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न उचित हुने बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्री सुधन गुरूङबारे पटक पटक विवाद भइरहेको अवस्थामा मार्गप्रशस्त (राजीनामा) गर्न उचित हुने बताए ।

उनले सुशासन कायममा सरकारले काम गर्ने कोसिस गरिरहेकाले प्रतिक्रिया दिन हतार नगर्नेसमेत बताएका छन् ।

अध्यक्ष साम्पाङले सरकारले माग गरेब मोजिम आफ्नो पार्टीले ३३ बुँदे सुझाव पत्र प्रस्तुत गरेको जानकारी दिए।

श्रम संस्कृतिले अत्यावश्यक आधारभूत आवश्यकताका मूल्य मान्यता बनाइराख्ने, जनजीवनलाई सामान्य बनाइराख्न आवश्यक भूमिका खेली नेतृत्व लिने, मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिनुपर्ने, असंलग्न परराष्ट्र नीति सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्ने लगायत सुझाव दिएको छ ।

त्यस्तै कम्तीमा एकपालीका एक उद्योग, एक परिवार, एक रोजगारको नीति लागू गर्ने, हप्ताको ३ दिन किताब र बाँकीको ४ दिन श्रम, सीप र सृजना सिकाएर उत्पादन, निर्माण, सृजना र आविष्कार गर्न सिकाउने सुझाव दिइएको अध्यक्ष साम्पाङले बताए ।

त्यस्तै श्रम संस्कृतिले सवैखाले विभेदको अन्त्य गरि नागरीकलाई सुशासन महसुस गराउने, व्यवस्था परिवर्तन तथा राजनीतिक आन्दोलनका शहीद, बेपत्ता, घाइतेको वास्तविक अभिलेख राखी राज्ले विशेष सेवा सुविधा प्रदान गर्नुपर्ने पनि माग गरेको छ।

उसले लोकतन्त्रलाई बलिया बनाउन मर्यादित र स्वतन्त्र पत्रकारिता र नागरिकको अभिव्यक्ति स्वतन्त्रको ग्यारेन्टी गर्ने लगायतका सुझाव दिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : ०९ बजे

विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ?

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालको कसिलो बलिङ

काठमाडौं- टस जितेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालले कसिलो बलिङ गरिरहेको

कैलालीमा गहुँ उत्पादन वृद्धि, प्रतिहेक्टर ४.२ मेट्रिक टन

सुदूरपश्चिम– कैलाली जिल्लामा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२

डा. गंगोल : जसले नेपालमै पहिलो पटक टाउको खोलेर गरेका थिए सफल शल्यक्रिया

काठमाडौं- नेपालको चिकित्सा क्षेत्रका एक अग्रणी शल्यचिकित्सक प्रा.डा. दिनेशनाथ गंगोलको

प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई बुझाइयो

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई