किसानको बारीबाट किनेको भन्दा पाँच गुणा महँगोमा बेचिँदै केरा « Khabarhub

किसानको बारीबाट किनेको भन्दा पाँच गुणा महँगोमा बेचिँदै केरा


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानले बारीबाट बेच्दा भन्दा बजारमा पाँच गुणासम्म महँगोमा केरा बिक्रिबितरण भइरहेको भन्दै बजारमा देखिएको बिचौलियाको अत्यधिक हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 

किसानले बारीबाट स्थानीय जात(मालभोग) ७० देखि ८५ रुपैयाँप्रति दर्जन र हाइब्रिड जातको ५० देखि ६० रुपैयाँ प्रतिदर्जनमा बिक्री गरिरहेको महासंघले जनाएको छ ।

तर त्यही केरा आम उपभोक्ताले ३५० देखि ४ सय रुपैयाँसम्ममा किन्नुपर्ने अवस्था बिचौलिका कारण नै आएको महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए । 

उनले राज्यले तत्काल बजारमा हस्तक्षेप गरी अनावश्यक रुपमा भएको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिए  । त्यस्तै अध्यक्ष पन्तले केराको आयातमा नियन्त्रण गर्ने सरकारको कदम सराहनीय र प्रशंसनीय रहेकाले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने धारणा राखे । उनले राज्यले सही नीति र प्रभावकारी बजार व्यवस्थापन गर्न सके आगामी दुई वर्षभित्र केरामा पूर्ण आत्मनिर्भर बन्न सकिने बताए । 

उनले वार्षिक ९ लाख मेट्रिक टन केरा खपत हुने गरेकामा करिब ७ लाख मेट्रिक टन केरा उत्पादन भइरहेको जानकारी दिए । महासंघले बजार अनुगमन प्रभावकारी बनाउन, केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समेत माग गरेको छ । 

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : ५३ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको