के हो प्रसूति हिंसा, कसरी न्यूनीकरण गर्ने ? « Khabarhub

के हो प्रसूति हिंसा, कसरी न्यूनीकरण गर्ने ?


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राईले प्रसूति हिंसासम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताएकी छन् । ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार आयोजना गरेको ‘म बाट महिलावाद’ कार्यक्रममा सम्मानजनक मातृत्व सेवा तथा प्रसूति हिंसाबाट संरक्षण विषयमा मन्तव्य राख्दै सभापति राईले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘निजीको तुलनामा सरकारी अस्पतालमा प्रसूति सेवा लिँदा हिंसा हुने गरेको पाइएको छ । सुन्दै अनौठो लाग्ने यस्ता विषयमा गृह र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग यो विषयमा छलफल गर्नेछु ।’

‘हिजोको जस्तो परिस्थिति आज छैन, हिंसा न्यूनीकरण भएर आज जुन परिवेश निर्माण भएको छ, यसमा एफडब्लुएलडीको भूमिका महत्वपूर्ण छ, सभापति राईले भनिन्, ‘हिंसाविरुद्ध कानुन निर्माण र लैंगिक समानताको लडाईमा एफडब्लुएलडीले नेपाली समाजमा खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन ।’

सम्मानजनक प्रसूति सेवाको वर्तमान अवस्था र कार्यक्रमको उद्देश्यबारे एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले प्रकाश पारेका थिए । प्रसूति सेवा लिँदा हिंसा भयो भने सजायका लागि कानुनको अभाव रहेको र संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी (सिड) कमिटीको सातौं आवधिक प्रतिवेदनमा समेत कानुन निर्माण गर्न नेपाल सरकारलाई सुझाव दिएको निर्देशक श्रेष्ठले बताए ।

श्रेष्ठले नेपालमा प्रसूति हिंसाका घटनाहरूका केस स्टडी प्रस्तुत गर्दै पीडितहरूको वास्तविक अनुभवमार्फत कार्यक्रमको उद्देश्य प्रष्ट पारेका थिए । त्यसैगरी, एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले सुरक्षित मातृत्व सेवा र प्रसूति हिंसासम्बन्धी अहिलेको वास्तविक अवस्थाकाबारेमा प्रकाश पारेका थिए । प्रसूति सेवा लिँदा के कस्ता हिंसा हुनसक्छ भनेर भिडियो सन्देश र नाटक प्रस्तुत गरिएको थियो । बज्रपानीद्वारा प्रस्तुत नाटक ग्रामीण परिवेशमा प्रसूतिका बेलामा महिलाहरुले सामना गर्नुपर्ने हिंसालाई सशक्त रुपमा प्रस्तुत गरिएको थियो ।

नाटकमा महिलाविरुद्ध हुने हिंसा मात्र देखाइएको थिएन । हिंसा भएमा त्यसको उपचारसमेत सुझाइएको थियो । रोजिना श्रेष्ठले प्रस्तुत गरेको कार्यक्रममा एफडब्लुएलडीले एसआरएचआर युथ फेलोज प्रदान गरेका विद्यार्थीलाई सम्मानसमेत गरेको थियो । दिक्षिका गजमेर, श्रृष्टि सिंह, प्राथा धमला, ज्योति रायमाझी, राजेश भुजु, निराजन बोहोरा, प्रकाश शाही, सुनिता श्रेष्ठ र शर्मिला गोली सम्मानित भएका थिए ।

एफडब्लुएलडीका अध्यक्ष वरिष्ठ अधिवक्ता गीता देवी अर्यालको अध्यक्षता सम्पन्न कार्यक्रममा कानूनका प्राध्यापक, कानून तथा नर्सिङका विद्यार्थी, एसआरएचआर युथ फेलोज, सञ्चारकर्मी, अधिकारकर्मी, विभिन्न नागरिक समाज संस्थाका प्रतिनिधि तथा प्रजनन स्वास्थ्य विज्ञहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : ५५ बजे

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं- सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल