नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी « Khabarhub

नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अन्तर्राष्ट्रिय मानक प्राप्त रहेको दाबी गरेको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको जनाएको हो ।

सरकारले जेन–जी आन्दोलनयता मात्रै केन्द्रबाट लाइसेन्स छपाइ थालेको हो । ‘हाल छपाइ भइरहेको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरको आईएसओ ७८१० आईडी ९१ गुणस्तरको रहेको छ । जुन विकसित मुलुकले दशकौँदेखि प्रयोग गर्दै आएको प्रविधिमा आधारित विश्वभर प्रचलित क्रेडिट कार्डको मानक आधारमा तयार पारिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसले नेपालको सवारी व्यवस्थापन प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउने मन्त्रालयको दाबी छ । विगतमा स्मार्ट चिप प्रयोग गर्दै आएकोमा डिजिटल्ली रिडिङमा विदेशी विज्ञमा निर्भर हुनुपर्ने अवस्था थियो । तर अहिले लाइसेन्समा इन्टेलिजेन्ट क्यूआर प्रविधि अपनाइएको विज्ञप्तिमा उल्लेख छ ।

यो प्रविधि कोड इन्क्रिप्टेड, लेयर्ड र कपी-प्रोटेक्टेड रहेको छ । सुरक्षाको दृष्टिकोणले नयाँ स्मार्ट अनुमतिपत्रमा ३९ वटा विशेषता समावेश गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार सम्पूर्ण उत्पादन प्रक्रिया इन्ड–टु–इन्ड अफलाइन ढाँचामा रहेकाले डेटा चुहावट हुने वा अनधिकृत व्यक्तिले विवरण प्राप्त गर्ने कुनै सम्भावना छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ४८ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको