इरानको अर्को पानीजहाज अमेरिकी नौसेनाको नियन्त्रणमा « Khabarhub

इरानको अर्को पानीजहाज अमेरिकी नौसेनाको नियन्त्रणमा


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी नौसेनाले इरानको अर्को पानीजहाज नियन्त्रणमा लिएको छ । हिन्द महासागरमा श्रीलंकाको तटनजिकै अमेरिकी नौसेनाले मंगलबार टिफानी नाम गरेको तेल बोक्ने ट्याङ्कर जहाज नियन्त्रणमा लिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको पुष्टि गर्दै कुनै घटनाबिनै उक्त जहाज नियन्त्रणमा लिइएको जनाएका छन् । अफ्रिकी मुलुक बोत्सवानाको ध्वजावाहक उक्त जहाज सिंगापुरका लागि प्रस्थान गरेको जनाइएको छ ।

अमेरिकाले प्रतिबन्ध लगाएको उक्त जहाजमा २० लाख ब्यारेल तेल रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

केही दिनअघि पनि अमेरिकाले ओमानको खाडी क्षेत्रबाट तोउस्का नामक इरानी जहाजमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो ।

अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको शान्ति वार्ता अनिश्चित भएका बेला अमेरिकी नौसेनाले इरानी ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : १० बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी