पहलगाम आक्रमणको एक वर्ष : बढ्दो सुरक्षा चुनौतीबीच सुस्ताएको दक्षिण एसिया « Khabarhub

पहलगाम आक्रमणको एक वर्ष : बढ्दो सुरक्षा चुनौतीबीच सुस्ताएको दक्षिण एसिया


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२५ अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको भीषण आक्रमणको एक वर्ष पूरा भएको छ । यो केवल एउटा दुखद घटनाको वार्षिकी मात्र नभइ दशकौँदेखि अशान्त दक्षिण एसियाली सुरक्षा चुनौतीको ऐना पनि हो । एक वर्षअघि पर्यटकहरूको चहलपहल भइरहेका बेला बन्दुधकारीले गोली चलाउँदा २६ जना निर्दोषको ज्यान गएको थियो । यसमा नेपाली नागरिक सुदीप न्यौपाने पनि परेका थिए । एक वर्ष बितिसक्दा पनि यो घटनाले उब्जाएका सुरक्षा र राजनीतिक प्रश्नहरू अझै अनुत्तरित नै छन् ।

भारतीय संविधानको अनुच्छेद ३७० को खारेजीपछि जम्मु कश्मीरमा राजनीतिक प्रक्रिया पुनः सक्रिय हुँदै गरेको र पर्यटन क्षेत्रले लय समातिरहेको समयमा यो आक्रमण हुनु आफैँमा एउटा योजनाबद्ध सन्देश थियो । द रेसिस्टन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको यस नरसंहारले क्षेत्रीय सुरक्षा संरचनामाथि गम्भीर प्रश्न उठाएको छ । धार्मिक अतिवादको चरम रूप देखिएको यस घटनामा इस्लामिक आयतहरू पढ्न नसक्नेलाई लक्षित गरिएको रिपोर्टहरूले पुष्टि गरेका थिए, जसले यो केवल राजनीतिक मात्र नभई सामाजिक विखण्डनको प्रयास पनि थियो भन्ने स्पष्ट पार्छ ।

यसको प्रत्यक्ष असर भारत-पाकिस्तान सम्बन्ध र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्यमा पनि परेको छ । सन् २०१४ देखि लगभग निष्क्रिय रहेको सार्क यस प्रकारका आक्रमण र त्यसपछिको कूटनीतिक चिसोपनका कारण झनै ओझेलमा परेको छ । क्षेत्रीय सहकार्यको सबैभन्दा ठूलो मञ्च सुस्ताउँदा व्यापार, कनेक्टिभिटी र विकासका साझा एजेन्डाहरू पछि परेका छन् । कश्मीरको सुन्दर घाँटीमा बगेको रगतले अन्ततः नेपाल, बंगलादेश र भूटानजस्ता साना राष्ट्रहरूको समृद्धिको सपनालाई पनि कतै न कतै असर पुर्‍याएको छ ।

आतंकवादको बाटोले अन्ततः कुनै पनि राष्ट्रको हित गर्दैन । पाकिस्तानमाथि लाग्दै आएका आरोपहरू र त्यहाँका आम नागरिकले भोग्नुपरेको आर्थिक तथा अन्तर्राष्ट्रिय दबाबले हिंसाको मूल्य कति महँगो हुन्छ भन्ने बुझाउँछ । पहलगाम आक्रमणको पहिलो वार्षिकी मनाउँदै गर्दा, यसले सिंगो दक्षिण एसियालाई शान्ति र स्थिरता विनाको विकास असम्भव छ भन्ने सन्देश दिएको छ । यस्ता त्रासदीहरूको पुनरावृत्ति रोक्न र साझा समृद्धिका लागि क्षेत्रीय सुरक्षा संयन्त्रमा इमानदार राजनीतिक इच्छाशक्ति र सहकार्य आजको अनिवार्य आवश्यकता हो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : २९ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने