प्रतिनिधिसभामा सडक सुरक्षा, विपद् तयारी र मल अभावबारे सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभामा सडक सुरक्षा, विपद् तयारी र मल अभावबारे सरकारको ध्यानाकर्षण


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक सुरक्षा, मनसुनजन्य विपद् तयारी, मल अभाव, महँगी नियन्त्रण तथा भूकम्पपीडितको पुनःस्थापनालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा दैनिक औसत आठ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको उल्लेख गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाउन सरकारसँग माग गरिन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पछिल्लो १० वर्षमा २४ हजार ९५ नेपालीको सडक दुर्घटनामा मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दै सडक सुरक्षा विधेयक अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन्। साथै, उनले एकीकृत ट्रमा नीति ल्याई सातै प्रदेशमा ट्रमा सेन्टर सञ्चालन गर्नुपर्ने मागसमेत राखिन्।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुन सुरु हुन लागेकाले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सरकारलाई आग्रह गरे। उनले विपद् आएपछि मात्र हतारमा काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्यमा अर्यालले देशभर रोपाइँको समय सुरु भइसके पनि रासायनिक मल अभाव हुँदा किसान समस्यामा परेको भन्दै तत्काल मल आपूर्ति गर्न सरकारसँग माग गरिन्।

उनले मल अभावका कारण खेतीयोग्य जमिन बाँझो रहने र खाद्यान्न उत्पादनमा असर पर्ने खतरा रहेको उल्लेख गरिन्। साथै, बढ्दो महँगीका कारण नागरिकको दैनिक जीवन प्रभावित भएको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै, सांसद गोपाल शर्माले विसं २०८० मा रुकुम–पश्चिम, जाजरकोट, डोटी, दैलेखलगायत जिल्लामा गएको भूकम्पबाट प्रभावित नागरिक अझै उचित पुनःस्थापनाबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पीडितका लागि स्थायी आवास निर्माणको काम प्रभावकारी रूपमा अघि नबढेको उल्लेख गर्दै तत्काल आवास निर्माणको व्यवस्था गर्न माग गरे।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  २ : २५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२